
अविरल वर्षासंगैकाे पहिराेले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा क्षति पुगेकाे छ । बिहीबार रातिकाे पहिरोले वडा नं ५ तापेथोक स्थित पालिका भवनमा क्षति पुगेकाे हाे ।
पहिरोले पालिका कार्यालय, तालिम सञ्चालन गर्ने भवन र स्थानीय सुवास ताप्मादेनको घरमा सामान्य क्षति पुर्याएको बताइएकाे छ ।
लेदाे सहितकाे पहिराे भाडामा रहेको पालिका भवनसहित अन्य दुई वटा घरमा पसेकाे र बालीनालीमा समेत क्षेति पुगेकाे वडा नं ५ का वडा अध्यक्ष देउप्रसाद लिम्बूले जानकारी दिएका छन् ।
त्यस्तै गए रातिकाे वर्षासंगैकाे पहिरोले तापेथोक हुँदै लेलेप-ओलाङचुङगोला जोड्ने सडक पनि अवरुद्ध भएको छ । राति अबेरसम्म परेकाे अविरल वर्षाका कारण पहिराे खसेकाे हाे ।
यसअघि फक्ताङलुङ गाउँपालिका–२ मा गत जेठ ३१ गते राति गएको पहिरोले एकै घरका ४ जनाको मृत्यु भएको थियो ।