
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहको पाठ्यक्रमलाई संशोधन गर्नु आवश्यक रहेको बताएकी छन् । मन्त्री भट्टराईले विद्यालय तहको पाठ्यक्रमलाई लैंगिक हिसाबले समायोजन गर्न संशोधन गर्नु आवश्यक रहेको बताएकी हुन् ।
ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री भट्टराईले पाठ्यक्रमलाई लैंगिक हिसाबले समायोजन गर्न संशोधन गरेर अघि बढ्ने बताएकी हुन् । उनले शिक्षालाई प्रविधिमैत्री बनाउने विषयमा समेत ध्यान दिन जरुरी रहेको बताउदै शिक्षा र राजनीति जोडिन नसक्दा शिक्षाको क्षेत्रमा सुधार हुन नसकेको समेत बताइन् ।