
सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएको छ । जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो ।
त्रिभुवन विमानस्थलमा दुर्घटना भएको जहाजमा आगो लागेको र अहिले निभाउन उद्धार टोली सक्रिय रहेको बताईएको छ । जहाजको दुई ठाउँबाट धुवाको मुस्लो निस्केको र जहाजको एउटा टुक्रा उछिट्टिएको छ ।
जहाजमा आगो लागे लगत्तै विमानस्थलभित्र उद्धार टोली र प्रहरी परिचालन गरिएको छ भने अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् । जहाजभित्र रहेका यात्रुहरू जोखिम रहेको र कति यात्रु छन् भन्ने नखुलेको बताईएको छ ।