Advertisement Banner
Advertisement Banner

२८ शनिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

जहाज दुर्घटनामा १८ जनाको निधन

०९ बुधबार , श्रावण २०८१एक बर्ष अगाडि

जहाज दुर्घटनामा १८ जनाको निधन

चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको बताईएको छ ।  

जहाजका पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरि केएमसी अस्पताल पुर्याइएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा जहाज दुर्घटना भएपछि उडान र अवतरण बन्द गरिएको छ । आज बिहान सवा ११ बजे भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि उडान र अवतरण बन्द गरिएको हो ।

अन्तर्राष्ट्रिय विमान आकाशमा नै होल्ड भएका छन् । अहिले थाइ एयरवेजको जहाज भारतीय आकाशमा होल्ड भएको छ भने बंगलादेशको ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान सिमराको आकाशमा होल्ड भएर डाइभट भएको बताईएको छ ।