
हिँजो भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परि १८ जनाको मृत्यु भएपछी सरकारले शोकका लागि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । हिँजो बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
त्यस्तै सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग समेत गठन गरेको छ । विमान दुर्घटनामा परी १८ जनाको मृत्यु भएको र दिवङ्गत हुने व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल सरकार समवेदना प्रकट गरेको छ ।
सरकारले दुर्घटनाग्रस्त विमानका चालक क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको बताईएको छ । हिँजो बिहान सवा ११ बजे पोखराको लागि उडेको सौर्य एयरलाइन्सको विमान उड्ने बितिकै त्रिभुवन विमान स्थलमा दुर्घटना भएको थियो ।
सौर्य एयरलाइन्सको विमान दुर्घटनाको प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र मन्त्री पाण्डे साथै सरोकारवाला अधिकारीले दुर्घटनास्थलको निरीक्षण गरेर अवस्थाको जानकारी लिएका थिए ।