Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

आज शोकका लागि राष्ट्रिय झण्डा आधा झुकाउने

१० बिहिबार , श्रावण २०८१२ बर्ष अगाडि

आज शोकका लागि राष्ट्रिय झण्डा आधा झुकाउने

हिँजो भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परि १८ जनाको मृत्यु भएपछी सरकारले शोकका लागि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । हिँजो बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।  

त्यस्तै सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोग समेत गठन गरेको छ । विमान दुर्घटनामा परी १८ जनाको मृत्यु भएको र दिवङ्गत हुने व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा नेपाल सरकार समवेदना प्रकट गरेको छ ।

सरकारले दुर्घटनाग्रस्त विमानका चालक क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको बताईएको छ । हिँजो बिहान सवा ११ बजे पोखराको लागि उडेको सौर्य एयरलाइन्सको विमान उड्ने बितिकै त्रिभुवन विमान स्थलमा दुर्घटना भएको थियो ।

सौर्य एयरलाइन्सको विमान दुर्घटनाको प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र मन्त्री पाण्डे साथै सरोकारवाला अधिकारीले दुर्घटनास्थलको निरीक्षण गरेर अवस्थाको जानकारी लिएका थिए ।