Advertisement Banner
Advertisement Banner

२५ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

बाँसवारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा फिर्ता

१० बिहिबार , श्रावण २०८१९ महिना अगाडि

बाँसवारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा फिर्ता

विवादास्पद बाँसवारी छाला जुत्ता कारखाना उद्योगको जग्गा सरकारको नाममा फिर्ता भएको छ । उक्त जग्गा हडपेर हाल चाँदबाग स्कुलको नाममा रहेको जग्गा मालपोत कार्यालय डिल्लीबजारले सरकारका नाममा कायम गरेको हो ।

हिँजो बुधबार कित्ता नम्बर ५८ को ४८७ वर्गमिटर क्षेत्रफलको जग्गाको लालपुर्जा सरकारको नाममा कायम गरेको बताईएको छ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत माघ २२ गते मालपोत कार्यालयलाई पत्र लेखेर उक्त जग्गा सरकारका नाममा श्रेष्ता अध्यावधिक गर्न आग्रह गरेको थियो ।

सरकारी जग्गा हडप्ने तत्कालीन च्याम्पियन फुटवेयर प्रालि र हालको चाँदबाग रेसिडेन्सी प्रालिका संचालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई बोलाएर भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले जग्गा कायम गरेको हो ।