
नेपाली बजारमा आकासिदै गएको सुनको मुल्यमा गिरावट आएको छ । झन्डै डेढ लाखको हाराहारीमा पुगेको सुनको मूल्य घटेर तोलाको १ लाख ४५ हजार पुगेको हो ।
हिँजो बुधबार नेपाली बजारमा प्रतितोला १ लाख ४६ हजार ७ सयमा कारोबार भएको सुन बिहीबार भने तोलामा १ हजार ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिदबिक्री भइरहेको छ ।
त्यसैगरी आज चाँदी तोलाको १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो ।