Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन निर्देशन

१३ आइतबार , श्रावण २०८१२ बर्ष अगाडि

कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका स्वास्थ्य संस्थामा कार्यरत श्रमिकहरुलाई सामजिक सुरक्षा कोषमा सूचीकृत गराउन निर्देशन दिएको छ । 

मन्त्रालयअन्तर्गतका निकायहरुमा आबद्ध श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन निर्देशन दिइएको हो । यसका लागि मन्त्रालयले मातहतका अस्पताल, प्रतिष्ठान तथा निकायलाई पत्राचार समेत गरेको छ ।

पत्रमा उल्लेख छ, ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मिति २०८१/०३/१८ गतेको पत्रबमोजिम सामाजिक सुरक्षा ऐन, २०७४ को कार्यान्वयनका लागि सामाजिक सुरक्षा कोषको स्थापना भई हाल कोषका योजनाहरु सुचारु रुपमा सञ्चालन भइरहेकोले यस मन्त्रालयअन्तर्गतका निकायहरुमा आबद्ध श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराई श्रमिकहरुको हकअधिकार सुनिश्चित गर्न मन्त्रालयको २०८१/०४/०८ गतेको निर्णयानुसार अनुरोध छ ।’