
जुम्ला जिल्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा सयौ भेडा मरेका छन् । उक्त स्थानमा चट्याङ पर्दा ९ जना किसानको सयौ भेडा मरेका हुन् ।
तिला गाउँपालिकाको वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर झन्डै एक सय भेडा मरेको गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिएका छन् । अध्यक्ष रोकायाका अनुसार चट्याङमा परी तिला–७ का ५५ वर्षीय लालसिंह रोकाया सामान्य घाइते भएको बताईएको छ ।
चट्याङबाट भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबहादुर रोकायाका भेडा मरेको हो ।
भेडाको बीमासमेत नगरिएकाले किसानलाई निकै ठूलो आर्थिक क्षति पुगेकाले पालिकाको विपद् व्यवस्थापन समिति बैठकबाट राहतका लागि आवश्यक निर्णय गर्ने पनि अध्यक्ष रोकायाले जानकारी गराएका छन् । कसका कति भेडा मरेका छ भन्ने एकिन एकिन विवरण आउन बाँकी रहेपनि सयौको संख्यामा भेडा मरेको बताईएको छ ।