Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

कर्मचारी सरुवाका लागि निवेदन माग

१६ बुधबार , श्रावण २०८१२ बर्ष अगाडि

कर्मचारी सरुवाका लागि निवेदन माग

सरकारले सरुवा हुन इच्छुक कर्मचारीसँग निवेदन मागेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना प्रकाशित गर्दै कुनै निकायबाट अर्को निकायमा जान चाहने निजामती कर्मचारीलाई निवेदन दिन आग्रह गरेको हो ।

निजामती सेवा ऐन र नियामवलीमा रहेको व्यवस्थाबमोजिम कुनै पनि मन्त्रालय, निकाय वा अन्तर्गतको विभाग, कार्यालयबाट अर्को मन्त्रालय, निकाय वा अन्तर्गतको विभाग, कार्यालयमा सरुवा हुन इच्छुक कर्मचारीलाई आफ्नो वैयक्तिक विवरण अद्यावधिक गरी आगामी पन्ध्र दिनभित्र निवेदन दिन भनिएको छ ।

सूचनामा उल्लेख छ, ‘निजामती सेवा ऐन, २०४९ तथा निजममती सेवा नियमावली, २०५० मा रहेका व्यवस्थाबमोजिम कुनै पनि मन्त्रालय, निकाय वा अन्तर्गतको विभाग, कार्यालयबाट अर्को मन्त्रालय, निकाय वा अन्तर्गतको विभाग, कार्यालयमा सरुवा हुन इच्छुक निजामती कर्मचारीहरुलाई आफ्नो वैयक्तिक विवरण अद्यावधिक गरी यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र यस मन्त्रालयको इमेल ठेगानामा तोकिएको ढाँचामा सरुवा निवेदन पेश गर्नुहुन जानकारी गराइन्छ ।’