Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

५१ किलो गाँजासहित तीनजना पक्राउ

१८ शुक्रबार , श्रावण २०८१२ बर्ष अगाडि

५१ किलो गाँजासहित तीनजना पक्राउ

हेटौँडामा ५१ किलो भन्दा बढी गाँजासहित तीनजना पक्राउ परेका छन् । ५१ किलो पाँच सय ग्राम गाँजासहित हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो  ।  

गाँजासहित पक्राउ परेकाहरुमा ३४ वर्षीय विनोद सेवा,३५ वर्षीया सुनिता तामाङ र ३० वर्षीय मुसादेव आलम रहेका छन् । विनोद र सुनितालाई प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३–००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई रोकेर जाँच गर्दा ३३ किलो गाँजासहित पक्राउ गरेको बताईएको छ ।    

यसैबीच प्रहरी चौकी रातोमाटे बाटै खटिएको टोलीले सोही स्थानबाट १८ किलो पाँच सय ग्राम गाँजासहित बीआर ०५ पिबी ७३६४ नम्बरको अटो चालक भारत बेतिया जिल्ला थाना मझौलियाका मुसादेव आलमलाई पक्राउ गरेको थियो ।