
आज सार्वजनिक भएको कक्षा-१२ को नतिजामा ९ हजारभन्दा बढीले ३.६१ देखि ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ९ हजार ५ सय ९१ जनाले ३.६१ देखि ४ जिपिए ल्याएका हुन् ।
सार्वजनिक भएको नतिजाअनुसार ३.२१ देखि ३.६० जिपिए ४६ हजार ८ सय ९३ जनाले ल्याएको बोर्डले जनाएको छ । त्यस्तै ७८ हजार ७५ जनाले २.८१ देखि ३.२० जीपीए ल्याएका भने जिपिए २.४१ देखि २.८० ६१ हजार ३६ जनाले ल्याएका छन् । त्यस्तै ८ हजार २ सय ४० जनाले २.०१ देखि २.४० जिपिए ल्याएका छन् ।
१२ जनाले २.६१ देखि २.० जिपिए ल्याएको बोर्डले जनाएको छ । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ६१ जना विद्यार्थी सहभागी भएका थिए भने १ सय २२ जनाको परीक्षा रद्द भएको छ ।
परिक्षा फारम भरेका १२ हजार ६ सय ७२ विद्यार्थी परीक्षामा उपस्थित नभएको यस वर्षको कक्षा १२ को परीक्षामा ५२.९१ % उत्तीर्ण भएका छन् ।