
सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यकामा रातो मच्छिन्द्रनाथको भोटोजात्राका लागि आज सार्वजनिक बिदा दिइएको हाे ।
आज वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएकाले सरकारले भोटो देखाउने अवसरमा उपत्यकाका तीन जिल्लामा आज सार्वजनिक बिदा दिएको हाे । गृह मन्त्रालयले गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उपत्यकामा बिदा दिएको जनाएको छ ।
रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा हरेक वर्ष सार्वजनिक बिदा दिने गरिएकाे छ भने उक्त जात्राकाे अवसरमा राष्ट्र प्रमुखको उपस्थितिमा ललितपुरको जावलाखेलमा भोटो देखाउने प्रचलन रहेकाे छ । यसवर्ष जात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेल जाने कार्यक्रम रहेकाे छ ।