Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

हैजाबाट २५ जना संक्रमित, सतर्कता अपनाउन अनुराेध

२० आइतबार , श्रावण २०८१२ बर्ष अगाडि

हैजाबाट २५ जना संक्रमित, सतर्कता अपनाउन अनुराेध

मुलुकभर २५ जनमा हैजा राेगकाे संक्रमन फेला परेकाे छ । हालसम्म इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ, ललितपुर र कैलालीमा २५ जनामा हैजा पुष्टि भएको हाे ।

हैजाबाट ललितपुरमा १६ जना, काठमाडौँमा १ जना र कैलालीमा ८ जना हैजाका बिरामी फेला परेकाे महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिएका छन् । उनले याे राेगकाे संक्रमनबाट बच्न सबैलाई अनुराेध समेत गरेकाे छन् ।

हैजा अतिसङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानीजस्तो दिसा आउने, वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ । सङ्क्रमणले गम्भीर अवस्थामा पुर्‍याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाब पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुन बताइएकाे छ ।

याे राेग लागेका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्‍याए ५० प्रतिशत मृत्यु हुने सम्भावन भएकाले हैजाबाट सुरक्षित रहनका लागि झिँगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ खान नहुने पनि महाशाखाकाे भनाई रहेकाे छ ।

त्यस्तै यस राेगकाे संक्रमनबाट बच्न पानी उमालेर वा क्लेरिन प्रयोग गरेरमात्र पिउने र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने,चर्पीको प्रयोग र दिसापिसाब गरिसकेपछि साबुनपानीले मिचीमिची हात धुन पनि महाशाखाले अनुरोध गरेको छ ।