
भक्तपुर नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । नगरक्षेत्रभित्रका स्थानीय विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न शैक्षिक कर्जा प्रदान गर्न लागेको हो ।
यसका लागि नगरपालिकाले निवेदन समेत मागेको छ । शैक्षिक ऋण लिन चाहने नगरबासी विद्यार्थीलाई यही साउन ३० गतेचित्र आवश्यक कागजात निवेदन पेश गर्न आग्रह गरिएको छ ।
निवेदनका साथ सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र, निवेदक तथा अभिभावकको नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, लब्धाङ्क पत्र, चारित्रिक प्रमाणपत्र प्रतिलिपि र परिवारका सदस्यमध्ये दुई जनाले सहमति जनाएको पत्र पनि पेश गर्नुपर्नेछ ।