Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

प्रधानमन्त्री ओलीद्वारा चीन जोड्ने सडकलाइ प्राथमिकता दिन जाेड

२१ सोमबार , श्रावण २०८१२ बर्ष अगाडि

प्रधानमन्त्री ओलीद्वारा चीन जोड्ने सडकलाइ प्राथमिकता दिन जाेड

उत्तरी छिमेकी राष्ट्र चीनकाे नाकाहरू जाेड्ने सडक खण्डहरू प्राथमिकताका साथ निर्माण अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले हिजाे सडक विभागले गरेको कार्यक्रममा बाेल्दै उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले किमाथांकाको बाटोलाई कालोपत्रे गरी डबल लेनको बनाउन निर्देशन दिँदै उक्त सडक खोलाखोला आउने भएकाले सबै मौसममा चल्ने र सहज बाटाे भएकाे बताएका थिए । उनले  
उक्त सडकखण्डकाे निर्माणलाई बढी प्राथमिकतामा राखी बाँकी काम छिटाे सक्न समेत निर्देशन दिएका थिए ।

त्यस्तै प्रधानमन्त्रीले चीनसँगको कोरला नाका जाड्ने बेनी–जोमसोम–कोरला जाने सडक सबैजसो मौसमका लागि प्रतिकूल भएको बताएका थिए । उनले उक्त नाकामा चीनले भन्सार पोस्ट भवन र सुरक्षार्मी राखिसकेको बताउँदै त्यो पनि सबै मौसममा मान्छे बस्न सक्ने ठाउँ भएकाे बताए ।

त्यसैगरि केही समयपछि ओलाङचुङगोलाबाट ३ किलोमिटर सुरुङ बनाउँदा चीनको पारी सीमा बजारसम्म पुग्न सकिने बताए । त्यस्तै हिल्सा–सिमिकोटमा सडक पनि बनाउनुपर्ने भन्दै उनले त्यहाँ हिउँ पन्छाएर गाडी चलाउन सकिने बताएका थिए ।