
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै होटलमा आगलागी भएको छ । विमानस्थलको मूलगेटअगाडि सञ्चालित होटलमा आगलागी भएको हो ।
कल्पना लामिछानेद्धारा सञ्चालित सिटी होटलको चार तलामा रहेको स्टोर रुममा विद्युत सर्ट भई आगलागी भएको जनाइएको छ । आज अपरान्ह १ बजे स्टोरमा आगलागी भएको थियो ।
आगलागी भए लगत्तै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीबाट खटिएको टोलीसहित आयल निगम र विमानस्थल दमकल टोलीले पौने २ बजे आगलागी नियन्त्रणमा लिएको हो ।
आगालगीबाट मानवीय क्षति नभएपनि २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।