
मुलुककाे विभिन्न भागमा देखिएकाे डेंगु सङ्क्रमणबाट एकजनाको मृत्यु भएको छ । डेंगु सङ्क्रमणबाट एक पुरूषको मृत्यु भएको हो ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार तनँहुका ५० वर्षीय एक पुरूषको मृत्यु भएको बताइएकाे छ । त्यस्तै मृतक पुरुषलाई अन्य रोग पनि रहेको ईडिसिडिले जानकारी दिएको छ ।
यस वर्षकाे वर्षायाम शुरू भएसंगै मुलुकभर डेंगु सङ्क्रमण उच्च देखिएकाे महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार यो वर्ष २ हजार ३ सय ६५ जनामा डेंगु सङ्क्रमण देखिएको छ भने अहिले मुलुककाे मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक ७३ जिल्लामा डेंगुको सङक्रमण देखिएको छ ।