Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

औषधी बिक्रीवितरणसम्बन्धी मापदण्डको मस्यौदा तयार

२२ मंगलबार , श्रावण २०८१२ बर्ष अगाडि

औषधी बिक्रीवितरणसम्बन्धी मापदण्डको मस्यौदा तयार

औषधी व्यवस्था विभागले ‘अनलाइन औषधी बिक्रीवितरण मापदण्ड, २०८१’ को मस्यौदा तयार पारेको छ । विभागले औषधीको बिक्रीवितरणमा कुशलता, प्रभावकारिता, गुणस्तरीयता एंव प्रतिस्पर्धा कायम राख्दै जनताको अपेक्षा एंव आकांक्षालाई सम्बोधन गर्ने उद्देश्यले मापदण्ड तयार पारेको जनाएको छ ।

विभागका अनुसार औषधी बिक्रीवितरण संहिता, २०८० को दफा ८ को उपदफा १० बमोजिम मापदण्डको मस्यौदा तयार पारी अन्तिम चरणमा रहेको छ । विभागले मापदण्डको मस्यौदा आफ्नो वेबसाइटमा राखेको छ । सोउपर कुनै रायसुझाव दिन चाहेमा सम्बन्धित सरोकारवालालाई आगामी दश दिनभित्र विभागको इमेलमा पठाउन आग्रह गरिएको छ ।

‘उक्त अनलाइन औषधी बिक्रीवितरण मापदण्ड, २०८१ सम्बन्धी उपयुक्त रायसुझाव भएमा यो सूचना प्रकाशन भएको मितिले दश दिनभित्र तोकिएको ढाँचामा विभागको आधिकारिक इमेल ठेगानामा पठाउन सम्बन्धित सरोकारवाला सबैलाई अनुरोध गरिन्छ,’ विभागद्धारा जारी सूचनामा उल्लेख छ ।