Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

बंगलादेशमा अन्तरिम सरकार प्रमुख युनुसको शपथ आज

२४ बिहिबार , श्रावण २०८१२ बर्ष अगाडि

बंगलादेशमा अन्तरिम सरकार प्रमुख युनुसको शपथ आज

आरक्षण विरुद्धको प्रदर्शनसंगै शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर हिँडेपछि राष्ट्रपति मोहम्मद साहबुद्दिनद्धारा अन्तरिम सरकार प्रमुख बनाईएका मोहम्मद युनुसले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । बंगलादेशको राष्ट्रपति कार्यालयले उनलाई अन्तरिम सरकार प्रमुखको रूपमा शपथ गराउने तयारी गरेको हो ।

बंगलादेशका अन्तरिम सरकार प्रमुख युरोपमा रहेका ८४ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता समेत रहेका मोहम्मद युनुसले आज दिउँसो २:१० बजे राजधानी ढाकामा पुगेपछि राष्ट्रपति कार्यालयले शपथ गराउने तयारी गरेको बताईएको छ । राष्ट्रपति मोहम्मद साहबुद्दिनले मोहम्मद युनुसलाई बुधबार अन्तरिम सरकार प्रमुखको जिम्मेवारी तोकिएको घोषणा गरेका थिए ।

बंगलादेशका ८४ वर्षीय युनुस माइक्रोफाइनान्सका संस्थापक समेत हुन् । बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि जिम्मेवारी सुम्पिएको हो । 

राष्ट्रपति मोहम्मद साहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखसँग विद्यार्थी नेतासँगको बैठकपछि अन्तरिम सरकार प्रमुखको जिम्मेवारी दिने निर्णय गरिएको थियो ।