
आज कर्णाली र कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेशले नागपञ्चमी पर्व र कोशी प्रदेशले आदिवासी जनजाति दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
नागपञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको बतईएको छ । त्यस्तै कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा साउन २५ गते प्रदेशमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
अन्य प्रदेशमा भने नागपञ्चमी र विश्व आदिवासी दिवसको बिदा दिईएको छैन । आज नाग मन्दिरहरुमा मेला तथा पूजा पाठ गरेर नाग पूजा गर्नेको भिड लाग्ने गर्छ भने आदिवासी दिवसको अवसरमा बिभिन्न स्थानहरुमा बिबिध कार्यक्रमहरुको आयोजना गरि दिवस मनाउने तयारी गरिको छ ।