
काठमाडौँ महानगरपालिका अगाडिको सडक भासिदा आवतजावतमा समस्या भएको छ । महानगरपालिका अगाडी सडक भासिँदा आवतजावतमा समस्या भएको हो ।
सडक भासिँदा गएरातिदेखि आवागमन प्रभावित भएको बताईएको छ । महानगरको कार्यालय रहेको काठमाडौँ प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो ।
महानगरपालिका अगाडिको उक्त सडकले दरबार मार्गलाई जोड्छ भने उक्त सडक टुकुचा खोलामाथि रहेको र राति नै भासिएको महानगर प्रहरीले जनाएको छ ।