
गत बुधबारदेखि धादिङबेसीबाट सम्पर्कविहीन भएका तीन बालिका बाग्लुङमा भेटिएका छन् । धादिङबेसीबाट सम्पर्कविहीन भएका रोशनी विक, सुशीला तामाङ र अस्मिता गुरुङ बाग्लुङमा भेटिएका हुन् ।
धादिङको नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्यनरत उनीहरुलाई बाग्लुङमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएका छन् ।
गत बुधबार बिहान विद्यालय जान्छु भनी डिँडेकी रोशनी बेलुका घर नफर्किएपछि परिवारले सोधीखोजी गर्दा रोशनीसँगै अन्य दुई बालिका पनि बेपत्ता भएको खुलेको थियो । उनीहरु तीनैजान कक्षा ९ मा अध्ययनरत रहेको बताईएको छ ।
सम्पर्क बिहिन भएका सुशीला तामाङको बुबा र अस्मिता गुरुङका बुबा साउदी अरबमा कार्यरत छन भने विकका बुवा विष्णु विक दुबईमा रहेको बताईएको छ । छोरी सम्पर्क बिहिन भएपछि रोशनीका बुवा विष्णु विक स्वदेश फर्केका छन्