Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

पर्सा टेलिकम्युनिकेसन अनुमतिपत्र खारेज

२९ मंगलबार , श्रावण २०८१२ बर्ष अगाडि

पर्सा टेलिकम्युनिकेसन अनुमतिपत्र खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले पर्साको वीरगञ्जस्थित पर्सा टेलिकम्युनिकेसन प्रालिको अनुमतिपत्र खारेज गरेको छ । कम्पनीले अनुमतिपत्र नवीकरणका लागि निवेदन पेश नगरेकाले दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको हो ।

‘नेपाल दूरसञ्चार प्राधिकरणबाट पर्सा टेलिकम्युनिकेसन प्रालि वीरगञ्ज–८, पर्सालाई मिति २०७६/०४/२२ मा प्रदान गरिएको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र (अनुमति नं.भि.ज. ६–२४) को समयावधि मिति २०८१/०४/२१ सम्म रहेकामा निज सेवा प्रदायकले दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम उक्त अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र निवेदन पेश नगरेकाले निजलाई प्रदान गरिएको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः रद्द भएको जानकारी गराइन्छ,’ प्राधिकरणद्धारा सूचनामा उल्लेख छ ।

कम्पनीले नियमानुसार तिर्न, बुझाउनुपर्ने रकमका सम्बन्धमा आगामी ३० दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न समेत भनिएको छ ।