Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

दुई मनिचेञ्जरको इजाजतपत्र रद्द

३१ बिहिबार , श्रावण २०८१२ बर्ष अगाडि

दुई मनिचेञ्जरको इजाजतपत्र रद्द

नेपाल राष्ट्र बैंकले दुई वटा मनिचेञ्जरको इजाजतपत्र खारेज गरेको छ । तोकिएको समयमा नवीकरण नगरेकाले ती मनिचेञ्जरको लाइसेन्स रद्द गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार काठमाडौंको ठमेलस्थित रेन्बो मनि एक्स्चेञ्ज प्रालि र ललितपुरको पुल्चोकस्थित कसा मनि एक्स्चेञ्ज प्रालिको इजाजतपत्र खारेज गरिएको हो ।

‘यस बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका देहायबमोजिमका मनिचेञ्जरहरुको नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथों संशोधनसहित) को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको जानकारी गराइन्छ,’ बैंकद्धारा जारी सूचनामा उल्लेख छ ।