Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पेट्रोलियम पदार्थको मूल्य घट्यो

३२ शुक्रबार , श्रावण २०८१२ बर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूची अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

बिहिबार राति १२ बजेपछिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ र डिजेल तथा मट्टीतेलमा ३ रूपैयाँ घटाएको छ ।

निगमले घटाएको नयाँ मूल्य देशभरका वर्ग विभाजन गरेको ठाउँअनुसार लागू हुनेछ । नयाँ मूल्यअनुसार राजधानी काठमाडौं र वरपरका जिल्लामा पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।