
नेपाल टेलिकमको विभिन्न सेवा चार घण्टा अवरुद्ध हुने भएको छ । टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको हो ।
टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य गर्न लागिएकोले सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार उक्त प्रणालीको स्तरोन्नति कार्य साउन ३२ गते राति गरिने र सो क्रममा राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने पनि टेलिकमले जनाएको छ ।
‘नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्यका लागि मिति २०८१/०४/३२ गते राति ११ बजेदेखि करिब ४ घण्टा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवाहरु प्रभावित हुने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ ।
यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै टेलिकमले सेवासम्बन्धी समस्याका लागि १४९८ र १९८ मा डायल गर्न पनि अनुरोध गरेको छ ।