Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

लघुकथाका २५ कृति लोकार्पित 

०४ मंगलबार , भाद्र २०८१२ बर्ष अगाडि

लघुकथाका २५ कृति लोकार्पित 

२०८१ भदौ ३, काठमाडौं । हिजो २४ ओटा लघुकथा कृति र १ लघुकथा समालोचनाको लोकार्पण गरियो । लघुकथाकार खेमराज पोखरेलको सभापतित्वमा आयोजित सो कार्यक्रममा कृतिहरुको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि नेपाल लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ "रोदन" र विशिष्ट अतिथिहरु साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र कल्याण पन्त (पोखरा)ले संयुक्त रुपमा गरेका थिए । सिलौटो रेस्टुरेन्ट, अनाममनगर, काठमाडौंमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथिहरु लेकाली र  पन्त र अध्यक्ष पोखरेलले आआफ्नो मन्तव्य राखेका थिए । 

प्रमुख अतिथि श्रेष्ठले लघुकथाको मानक सिद्धान्त, लघुकथाको अवस्थाबारे प्रकाश पार्नु भएको थियो भने विशिस्ट अतिथि लेकालीले तीसको दशकमा लघुकथाको अवस्था, लघुकथाले पाएको विधागत मान्यताबारे बोल्नु भएको थियो ।  कार्यक्रमको सहजीकरण साहित्यकार ममता मृदुलले गर्नु भएको थियो भने स्वागत मन्तव्य साहित्यकार रमेन्द्र कोइराला ले गर्नु भएको थियो ।

कार्यक्रममा लघुकथाकारहरु खेमराज पोखरेल, ममता मृदुल, त्रिलोचन ढकाल, गोपाल संग्रौला, अम्बिका धिताल, कुमुदप्रसाद शर्मा प्याकुरेल, भाभा शर्मा, विश्वराज अधिकारी, डा. कुसमाकर शर्मा गौतम, तेजप्रकाश श्रेष्ठ, रन्जु खनाल, शुक्रराज कुँवर, निर्मल बराल, अन्जु शर्मा, हिरण्यकुमारी पाठक, रमेन्द्र कोइराला, नवराज शर्मा, डा. हरिप्रसाद भण्डारी, गंगा खड्का, रोशन पराजुली, पी पी कोइराला, तुलसी पण्डित र सुनिता निरौला पौडेलका लघुकथा कृतिहरु र  प्रा डा. कपिल लामिछानेको समालोचना कृतिको लोकार्पण गरिएको थियो । उक्त कार्यक्रमको संयोजन ममता मृदुल र खेमराज पोखरेलले गर्नुभएको थियो । सोही कार्यक्रममा कार्यक्रमका सभापति साहित्यकार खेमराज पोखरेलको ६८ जन्मोत्सव केक काटेर मनाइएको थियो ।