Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

महिला प्रधानमन्त्री आरजु

१२ बुधबार , भाद्र २०८१२ बर्ष अगाडि

महिला प्रधानमन्त्री आरजु

प्रम केपी ओलीले महिला प्रधानमन्त्री बनाउने तैयारीमा जुटेको अभिव्यक्ति दिएसँगै को होला महिला प्रधानमन्त्री भन्ने उत्सुकता बढेको बेलामा बिश्लेषकहरुले भावी प्रधानमन्त्री आरजु भन्न थालेका छन
। बुझाउलान् त ओलीले आरजुलाई सत्ता ?
असार १७ गते २ वर्ष केपी ओली र त्यसपछि  कांग्रेसलाई चुनावी सरकारमा सघाउने सहमति भएको थियो । ओलीले साउन ६ गते व्रिश्वासको मत लिंदा संसदको नोटिसमा समेत राखे । २ वर्ष पुग्न ७ दिन पहिले नैराजीनामा दिने पनि बताएका थिए ।
तर सत्ता छाडनु परेको पीडा भुल्न नसकेका प्रचण्डले जसरी पनि यो गठबन्धन फुटाउने बल लगाइरहेका छन् ।
यसैवीच परराष्ट्र मन्त्रीका रुपमा दिल्ली भ्रमण गएर भारतका विदेश र प्रधानमन्त्रीको विश्वास आर्जन गरेर फर्कनासाथ महिला प्रधानमन्त्रीको चर्चा चुलिएको छ । हुन त नेपालको कुन कुन राष्ट्रघाती काम गरेर भारतलाई आरजुले मनाइन् भन्ने खुलेको छैन । यद्यपि प्रम ओलीले देउवालाई आश्वस्त पारेर प्रचण्डका धराप निस्तेज पार्ने प्रयास गरिरहेका छन् ।
भारतले पनि प्रधानमन्त्रीलाई भन्दा बढी महत्व र सम्मान दिएर आरजुको हैसियतलाई बढाइदिएको छ ।
आरजु देउवापत्नीमात्र होइनन्, पढेलेखेकी र अमेरिका, भारतसँग रामै्र सम्बन्ध भएकी नेतृ् पनि हुन् ।