
अवैध मार्गबाट ब्राजिल पुग्ने, शरणार्थी बन्ने अनि मेक्सिको हुँदै अमेरिका छिर्ने दाउ गरेर हिडेका १७६ जना नेपाली ब्राजिल एयरपोर्टको ट्रान्जिटमा अलपत्र परेका छन् । राजदूत भन्छन्– सहयोग मागेका छैनन्, मध्यस्थता गर्न तैयार छौं । अर्थात् दूतावास सकृय बनेको छैन । दूतावास भन्छ– तिनीहरु सकुसल छन् ।
ब्राजिल सरकारले खान दिएको छ, भिसा नभएकाले फर्काउने र आइन्दा बिना भिसा कसैलाई पनि ब्राजिल आउन नदिने बयान दिएको छ ।
समाचार अनुसार ८० लाखसम्म बुझाएर अवैध मार्गबाट अमेरिका हिडेकाहरु हुन् सबै । मानव तस्करको प्रलोभनमा उनीहरु असरल्ल हुनुपुगेका हुन् ।
तिनीहरुलाई कुन कुन मानव तस्कर संलग्न छन्, त्यसको छानबिन गर्न सरकार तैयार छैन, कारण तिनीहरु शक्तिशाली छन् । नेपाली युवाहरुले स्वदेशमै केही गरिखान नपाएपछि ज्यान धरापमा पारेर अवैध मार्गबाट यसरी हजारौं जान्छन्, कतिपय बीच बाटैमा मर्छन् ।
हालै ‘यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुनेगरी नेपाललगायत केही देशका राहदानीबाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको र अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ ।’