Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

भैरहवा र पोखरामा चिनिया जहाज

२५ मंगलबार , भाद्र २०८१२ बर्ष अगाडि

भैरहवा र पोखरामा चिनिया जहाज

ऋणको सावब्याज तिर्न नसकिने भयो, अनुदानमा परिवर्तन गरिदिन नेपालले औपचारिक आग्रह गरेपछि जवाफमा चीनले भैरहवा र पोखरा उडान गर्न चाइना साउदर्नलाई खटाएको छ । चाइना साउर्थन एयर छिटै नियमित उडान गर्न तैयार रहेको जानकारी चाइना साउदर्न एयरका प्रतिनिधिले पर्यटन मन्त्री बद्री पाण्डेलाई भेटेरै दिएका छन् । काठमाडौं ग्वान्झाओ उडान गरिरहेको चाइना साउदर्नले अब भैरहवा र पोखराबाट उडान गरेर एयरपोर्टलाई जिवन्त पार्न र नेपालको पर्यटन उद्यममा समेत टेवा पु¥याउन चाहेको बताएको छ । मन्त्री पाण्डेले बुद्ध जन्मस्थान लुम्बिनी र पर्यटन नगरी पोखराको महत्व पनि बढ्ने जानकारी दिएका छन् । स्मरणीय छ, हवाई सुरक्षाका विषयमा नेपाल एयरले लाभ पनि लिन सक्नेछ ।
नेपालको विगत र हालै परराष्ट्रमन्त्री आरजु राणको भारत भ्रमणमा समेत भारतसँग थप दुई हवाई रूटको माग गर्दासमेत चुप्पी साधिरहेको भारतका लागि भारतीय सिमानामा रहेको भैरहवा एयरपोर्टमा चाइना साउदर्नको उडानले थप टाउको दुखाइ थपेको अनुभूति विज्ञहरूले गर्न थालेका छन् । हेरौं अब भारतले के गर्ला ?
जसरी पनि नेपाललाई मनाएर बीआरआईलाई कार्यान्वयनमा लानका लागि चीन अग्रसर भएको छ । चीनले अन्य योजनामा पनि लगानी बढाउन थालेको छ ।