Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

सीमा ईलाकामा निःशुल्क स्वास्थ्य शिविर

२५ मंगलबार , भाद्र २०८१२ बर्ष अगाडि

सीमा ईलाकामा निःशुल्क स्वास्थ्य शिविर

 सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–३ स्थित देवानगंज गाउँपालिका र श्री कृष्ण मावि देवानगंजको प्राङ्गणमा सशस्त्र प्रहरी बल, नंं. ४ गण सुनसरी र नोबेल मेडिकल कलेज टिचिङ हस्पीटल प्रा.लि. विराटनगरको संयुक्त आयोजनामा भाद्र २४ गते स्वास्थ्य शिविर संचालन गरिएको छ ।
पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल, नेपाल अस्पतालको सहकार्य तथा देवानगंज गाउँपालिकाको समन्वयमा उक्त एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
‘‘सीमाबासीसँग सशस्त्र प्रहरी’’ कार्यक्रम अन्तर्गत सञ्चालित स्वास्थ्य शिविरमा  ७ सय भन्दा बढि सर्वसाधारणहरुले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा जनरल मेडिसिन, प्रसुति तथा स्त्री रोग, छाला रोग, बाल रोग, हाडजोर्नी तथा नसा रोग, भिडियो एक्सरे, ई.सी.जी, नाक, कान तथा घाँटी, आँखाको जाँच, रगत तथा पिसाबको जाँच लगायत सामान्य शल्यक्रिया समेतको स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।