
काठमाडौं । भदौ ३१ गते जीवित देवीका रुपमा परिचित कुमारीको वसन्तपुरमा सामूहिक पूजा भएको छ । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने परम्परागत प्रचलन रहेको छ । आज वसन्तपुरको तलेजु भवानी मन्दिरमा जीवित देवी कुमारीको पूजा गरिएको हो । कुमारीको दर्शन गर्न देशी विदेशीहरुको ठूलो उपस्थिति रहेको थियो । सानी कुमारी देवीलाई उनका अभिभावकले बसन्तपुर लिएर आएका थिए । सांस्कृतिक परम्पराअनुसार नेवार समुदायमा प्रचलित बेल विवाह नभइसकेका बालिकालाई कुमारी देवीका रुपमा पुज्ने गरिएको छ ।