Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

महासंघको उम्मेदवार मनोनयन कार्यक्रम स्थगित

०४ शुक्रबार , आश्विन २०८१२ बर्ष अगाडि

महासंघको उम्मेदवार मनोनयन कार्यक्रम स्थगित

नेपाल पत्रकार महासंघको आजको लागि तय भएको उम्मेदवार मनोनयन कार्यक्रम स्थगित गरिएको छ । उम्मेदवार मनोनयन कार्यक्रम अन्तिम समयमा स्थगित भएको र अर्को सूचना नआएसम्म उम्मेदवार मनोनयन कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिले एक सूचना मार्फत जनाकारी दिएको हो ।  

समितिको सुचनामा भनिएको छ- ‘नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा, प्रतिष्ठान शाखा, संस्थागत शाखाको २०८१ साल असोज १२ गते तोकिएको निर्वाचन सम्पन्न गर्नको लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको विदितै छ ।निर्वाचनको कार्यक्रम अन्तरगत उम्मेदवारको मनोनयन दर्ता गर्नको लागि २०८१ असोज ०४ गते मिति तोकिएकोमा नेपाल पत्रकार महासङ्घबाट प्राप्त पत्र अनुसार २०८१ असोज ०४ गतेको उम्मेदवारको मनोनयन दर्ता लगायतका कार्य तालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभए सम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ ।’

त्यस्तै नेपाल पत्रकार महासंघले तोकेको मिति र समयमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको समेत निर्वाचन समितिले उल्लेख गरेको छ ।