
नेपाल प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोष’ मा परिमार्जन गर्न प्रक्रिया अघि बढाएको छ । प्रतिष्ठानले एक सूचना जारी गर्दै शब्दकोषमा आवश्यक परिमार्जनको प्रक्रिया अघि बढाएको जानकारी गराएको हो ।
शब्दकोषमा प्रविष्ट कतिपय शब्दार्थका बारेमा विभिन्न जाति, समुदाय, क्षेत्र, लिंग, पेसा विशेषबाट मौखिक तथा लिखित रुपमा असन्तृष्टि एंव विमति प्राप्त हुन आएकोले संशोधन गर्न लागिएको प्रतिष्ठानको भनाइ छ ।
प्रतिष्ठानले शब्दकोशमा गरिनुपर्ने संशोधन तथा परिमार्जनका सम्बन्धमा कुनै पनि राय तथा सुझाव भएमा आउँदो पुस महिनाभित्र इमेल गरिदिन सम्बन्धित सरोकारवालालाई अनुरोध पनि गरेको छ ।