
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर-२ मा मारिएको अवस्थामा जंगली हात्ती फेला परेको छ । जंगली हात्ती बिजुलीको करेन्टबाट मारिएको अवस्थामा फेला परेको हो ।
उक्त स्थानमा करिब १५ वर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले जानकारी दिएका छन् । उनका अनुसार हात्तीको घाटीमा करेन्टको तार बेरिएको बताईएको छ ।
कोल्हबी नगरपालिका वडा नम्बर-२ का स्थानीय रमेश जिसीको धान खेतमा मरेको अवस्थामा हात्ती फेला परेको थियो । यसअघि गत फागुनमा सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ समेत मृत अवस्थामा फेला परेको थियो ।