
सुनको मूल्य बढेर तोलाको १ लाख ६० हजार नजिक पुगेको छ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ५ सयले बढेर १ लाख ५९ हजार ७०० रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्म कै उच्च भएको मूल्य हो ।
हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यता चाँदी तोलाको १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको छ । यसअघि तोलाको १ हजार ९ सय २० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो ।