Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

सीटीईभीटीको उपाध्यक्षमा १३ जनाको नाम ‘सर्ट लिस्ट’ मा

०९ बुधबार , आश्विन २०८१२ बर्ष अगाडि

सीटीईभीटीको उपाध्यक्षमा १३ जनाको नाम ‘सर्ट लिस्ट’ मा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्षका लागि आवेदन दिएकामध्ये १३ जनाको नाम ‘सर्ट लिस्ट’ मा परेको छ ।

उपाध्यक्ष मनोनयनका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये प्रस्तुतीकरण र अन्तवार्ताका लागि वर्णानुक्रमअनुसार १३ जनाको सर्ट लिस्ट सार्वजनिक गरेको हो ।

सर्ट लिस्टमा पर्नेमा डा.खेमराज जोशी, टैलेन्द्र आचार्य, ओमप्रसाद बराल, डा.कुश्माकर भट्ट, राजबहादुर गिरी, भुवेश्वर ढुँगाना, मिस्टरकान्त मैनाली, जीवनारायण काफ्ले, हरीशंकरप्रसाद साह, डा.ज्ञानबहादुर थापा, डा.महेन्द्रप्रसाद भट्ट, सौरभराम जोशी र विमला भट्टा रहेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सर्ट लिस्टमा परेकाहरुले अब आफ्नो सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्ने छ । त्यसका लागि मन्त्रालयमा यही असोज ११ गते समय तालिका निर्धारण गरिएको छ ।  

प्रस्तुतीकरण र अन्तवार्तामा उपस्थित हुँदा आफ्नो नागरिकताको प्रमाणपत्र, स्नातकोत्तर तह वा सोभन्दा माथिल्लो तहको शैक्षिक योग्यता भए सोको सक्कल प्रति, सीटीईभीटीमा पन्ध्र वर्ष कार्यअनुभव प्रमाणपत्रसहित व्यावसायिक कार्ययोजनासमेतको सोचपत्रको विद्युतीय प्रति पनि ल्याउनुपर्ने मन्त्रालयले जनाएको छ ।