Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

राष्ट्र बैंकद्धारा कर्जाको वर्गीकरणसम्बन्धी व्यवस्थामा परिमार्जन

०९ बुधबार , आश्विन २०८१२ बर्ष अगाडि

 राष्ट्र बैंकद्धारा कर्जाको वर्गीकरणसम्बन्धी व्यवस्थामा परिमार्जन

नेपाल राष्ट्र बैंकले कर्जाको वर्गीकरणसम्बन्धी व्यवस्थामा परिमार्जन गरेको छ । यसअघि कर्जा प्रदान गरेका परियोजना वा व्यवसाय सञ्चालन नभएमा बैंक तथा वित्तिय संस्थाले त्यस्तो कर्जालाई खराब कर्जामा वर्गीकरण गर्नुपर्नेमा राष्ट्र बैंकले सुक्ष्म निगरानी (वाच लिस्ट) मा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको हो ।

बैंक तथा वित्तिय संस्थाले आफुले प्रदान गरेका कर्जाको गुणस्तरको मुल्यांकन गरी सोहीबमोजिम विभिन्न वर्गमा वर्गीकरण गर्ने र जोखिमअनुसार कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्दछ । कर्जा प्रदान गरेका परियोजना तथा व्यवसाय सञ्चालन हुने अवस्था नरहेमा वा सञ्चालनमा नभएमा यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तिय संस्थाले त्यस्तो कर्जालाई खराब कर्जामा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ ।

तर, राष्ट्र बैंकले परिस्थितिजन्य कारणले उद्योग, परियोजना, व्यवसाय सञ्चालनमा नभएपनि पूर्वनिर्धारित व्यवस्थाबमोजिम कर्जाको साँवाब्याज नियमित रुपमा भुक्तानी गरिरहेको भएमा त्यस्तो कर्जालाई वाच लिस्टमा वर्गीकरण गर्न निर्देशन दिएको हो ।

सूचनामा उल्लेख छ, ‘कर्जा प्रवाह भई स्थापना भएको उद्योग, परियोजना, व्यवसाय परिस्थितिजन्य कारणले सञ्चालनमा नभएतापनि पूर्वनिर्धारित व्यवस्थाबमोजिम कर्जाको साँवाब्याज नियमित रुपमा भुक्तानी भइरहेको त्यस्तो उद्योग, परियोजना, व्यवसायमा प्रवाहित कर्जालाई सुक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।’