
अहिलेसम्मकाे सबैभन्दा ठूलो इजरायली हवाई आक्रमणबाट लेबनानमा ५ सय ५८ जनाको मृत्यु भएकाे छ । इजरायल-प्यालेस्टाइन द्वन्द्व शुरु भएदेखि याे लेबनानमा भएको सबैभन्दा ठूलो इजरायली हवाई आक्रमणबाट हाे ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त हवाई आक्रमणबाट १ हजार ६ सय ४५ जना घाइते भएको जनाइएको छ । लेबनानमा इजरायलको हवाई आक्रमणले इजरायल र हिजबुल्लाहबीचको द्वन्द्वलाई नयाँ उचाइमा पुर्याएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी र पूर्वी लेबनानमा लगभग १ हजार १ सय १० क्षेत्रहरु लक्षित आक्रमण गरेको बताइएकाे छ ।
गत सोमवारबाट आक्रमण जारी रहेकाे र आक्रमणको अर्को चरणको तयारी भइरहेको बताइएको छ । आक्रमणको क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदायबाट निन्दा गरिएको बीबीसीले जनाएकाे छ ।