Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

'छाता ओढाइदेउन' मा रमेश र रस्नाको अन्स्क्रिन प्रेम

१० बिहिबार , आश्विन २०८१२ बर्ष अगाडि

'छाता ओढाइदेउन' मा  रमेश र रस्नाको अन्स्क्रिन प्रेम

रस्ना र  अर्जुनले ल्याए 'छाता ओढाइदेउन'  ( भिडियो )
काठमाडौं – नायक रमेश उप्रेती र रस्ना पौडेल बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण  डान्सिङ शैलीको   'छाता ओढाइदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा गायिका रस्ना पौडेल र लोकप्रिय गायक तथा संगीतकार अर्जुन पोखरेलको युगल स्वर सुन्न सकिन्छ। गीतमा शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको नै रहेको छ।
श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्।  मौसम हिमालीको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो। 
 

भिडियो लिंक: https://youtu.be/5YG8tcG3xOc?si=nMSV1bD2bx9trO_v