Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

बाढीपहिराेबाट २ सय २८ जनाको मृत्यु

१६ बुधबार , आश्विन २०८१२ बर्ष अगाडि

बाढीपहिराेबाट २ सय २८ जनाको मृत्यु

असाेज १० गतेदेखि तीन दिन परेकाे अविरल वर्षासंगैकाे बाढीपहिराेमा परी २ सय २८ जनाको मृत्यु भएको छ । राजधानी काठमाडाैं उपत्यका लगायत विभिन्न जिल्लामा अाएकाे बाढीपहिराेमा परी २ सय २८ जनाले ज्यान गुमाएका हुन ।

उक्त विपद्जन्य दुर्घटनामा परि २५ जना बेपत्ता छन् भने १ सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयकाे पछिल्लाे अपडेटअनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको र खोज, उद्धार र सहायता परिचालन गरिएको बताइएकाे छ ।

मन्त्रालयले बाढीपहिराे प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनुका साथै घाइतेको निःशुल्क उपचार भइरहेको बताएकाे छ । 

बाढीपहिराे पिडितहरूकाे उद्धार र राहतलाई उच्च प्राथमिकताका राख्दै सरकारले अहिले नेपालीहरूकाे ठूलाे चाड दशैं नजिकिदै गरेकाे अवस्थालाइ मध्यनजर गर्दै यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको गृह मन्त्रालयकाे ऋषिराम प्रवक्ता तिवारीले जानकारी दिएका छन् ।