Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

भिसा सकिएर स्वदेश नफर्केका १५ बंगलादेशी पक्राउ

१६ बुधबार , आश्विन २०८१२ बर्ष अगाडि

भिसा सकिएर स्वदेश नफर्केका १५ बंगलादेशी पक्राउ

प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ जना बंगलादेशी लाई पक्राउ गरेको हो ।

कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यकाअनुसार उनीहरुलाई ठमेल र सोह्रखुट्टे एरियाबाट समातिएको थियो । शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गरिरहेका उनीहरुलाई ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरि अध्यागमन विभाग पठाएको बताईएको छ । पक्राउ पर्नेमा ४० वर्षीय मोक्लेस, २० वर्षीय अमिरुल इस्लाम रोबिन, ३५ वर्षीय मसुद सिकारी, २५ वर्षीय मुसा धाली, २० वर्षीय एमडी मुसारोफ हुसेन, २४ वर्षीय सोजिक मियाँ, २० वर्षीय एमडी अल अमिन रहेका छन् ।

त्यसैगरी अन्य ४४ वर्षीय एमडी अनवर हुसेन, २२ वर्षीय सलमान मियाँ, २१ वर्षीय सलेह अहमद रिजाऊन, ३१ वर्षीय एमडी अबु सलेह, २० वर्षीय एमडी नुर अलोम, ३९ वर्षीय एमडी मोनिर हुसेन, २७ वर्षीय एमडी हाफिज उद्देन र २१ वर्षीय कमरुल हसन पक्राउ परेका हुन् ।