Advertisement Banner
Advertisement Banner

१२ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

हेटौँडा-काठमाडौँ सडकमा यातायात सञ्चालन

१८ शुक्रबार , आश्विन २०८१एक बर्ष अगाडि

हेटौँडा-काठमाडौँ सडकमा यातायात सञ्चालन

आज बिहानदेखि हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौँ सडक खण्डमा यातायातका साधन सञ्चालन भएका छन् । यसअघि त्रिभुवन राजपथ सडकअन्तर्गतको उक्त सडक खण्डमा यातायातका साधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो ।

सडकमा कुनै किसिमको अवरोध नरहेकाले आज बिहानदेखि यातायातका साधन पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाले जानकारी दिएका छन् । जल तथा मौसम विज्ञान विभागले भारी वर्षा हुनसक्ने सूचना जारी गरेसँगै आज बिहानसम्म उक्त सडक खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको थियो ।  

आज बिहानदेखि हेटौँडा-पालुङ-नौबिसे सडकखण्डमा हलुका सवारी सञ्चालनमा आएका छन् । बाढीपहिराका कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकार लगायतका निकाय लागिपरेको बताईएको छ ।