Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड बढी रकम हस्तान्तरण

१८ शुक्रबार , आश्विन २०८१२ बर्ष अगाडि

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड बढी रकम हस्तान्तरण

आज एकैदिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँभन्दा बढी रकम हस्तान्तरण भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले सहयोगको चेक हस्तान्तरण गरेकाे हाे ।

जसमा कृषि विकास बैंकबाट १ करोड ५० लाख, नागरिक लगानी कोषबाट ५१ लाख, एसबिआई बैंकबाट २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट ३१ लाख, नेपाल पूर्वाधार विकास बैंकबाट २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीबाट ५१ लाख रुपैयाँ हस्तान्तरण भएको हो ।

उक्त अवसरमा प्रधानमन्त्रीले सहयोगकर्तालाई धन्यवाद दिँदै बाढी, पहिरो पिडितलाइ सहयोग रकमबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्रीले किसानहरुको पाकिसकेको धान बालीसमेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताएका थिए ।

यसअघि मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप कोषमा प्रारम्भिकरुपमा १ अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको र हाल कोषमा विभिन्न संस्था र व्यक्तिहरुबाट समेत सहयोग आउने क्रम जारी रहेकाे बताइएकाे छ ।