Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

उपत्यका छोड्नेको संख्या दैनिक १ लाख

२३ बुधबार , आश्विन २०८१एक बर्ष अगाडि

उपत्यका छोड्नेको संख्या दैनिक १ लाख

नेपालीहरुको महान चाड बडादसैँ भित्रिएसंगै दैनिक १ लाखको हाराहारीमा मानिसहरुले काठमाडौँ उपत्यका छोड्न थालेका छन् । विगत ३ दिनदेखि दैनिक १ लाखको हाराहारीमा मानिसहरु उपत्यकाबाट बाहिरिन थालेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीकाअनुसार  उपत्यकाको चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको र दैनिक लाखौको संख्यामा मानिसहरु उपत्यका बाहिर जान लागेको बताइएको छ । त्यसैगरी उपत्यकामा दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेको बताईएको छ ।

नायब उपरीक्षक कार्कीकाअनुसार बसपार्क, कलंकी बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको चाप बढे पनि विगतका वर्षहरुमा झैँ यस वर्षको दसैँमा नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिएका छन् । यता अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ गईरहेका छन् ।