Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

नेपाली सेनालाई स्वर्ण पदक

२७ आइतबार , आश्विन २०८१२ बर्ष अगाडि

नेपाली सेनालाई स्वर्ण पदक

२७ आश्विन २०८१, आइतबार । विश्वका ३७ देशका १३७ सेनाका टोलीलाई पछि पार्दै यस वर्षको अभ्यास क्याम्ब्रियन गस्ती २०२४ अभ्यास प्रतियोगितामानेपाली सेनाले स्वर्ण पदक जितेको छ । बेलायतको वेल्स, ब्रेकनमा असोज २३ गतेदेखि २५ गतेसम्म भएको अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको जंगी अड्डाले जनाएको छ । यो प्रतियोगिता सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको र नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ।
दुई दिनभित्र हतियारसहित करिब ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइँ तयारी, खबर सङ्कलन तथा घाइते–बिरामीको व्यवस्थापनलगायतका दक्षता परीक्षणका आधारमा मूल्याङकन हुँदा नेपाली सेना उत्कृष्ठ भएको हो ।
स्मरणीय छ, नेपाली सेनाले सन् २०१७ र २०१९ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो।