Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

इजरायली हवाई आक्रमण २१ जनाको मृत्यु

२९ मंगलबार , आश्विन २०८११० महिना अगाडि

इजरायली हवाई आक्रमण २१ जनाको मृत्यु

इजरायली हवाई आक्रमणमा परी उत्तरी लेबनानमा २१ जनाको मृत्यु भएकाे छ । लेबनानको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार उक्त आक्रमणमा परी २१ जनाको मृत्यु  ८ जना घाइते भएका छन् ।

मन्त्रालयका अनुसार उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला भएको बताइए पनि इजरायली सेनाले आक्रमणबारे केही बताएको छैन । उक्त क्षेत्रमा अधिकांश क्रिस्चियनहरू बसोबास गर्ने गरेकाे बताइएकाे छ ।

पछिल्लो एक महिनादेखि जारी इजरायली हमलामा १ हजार ७ सय जनाको मृत्यु भएको पनि लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यता नेपालले लेबनानमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह समेत गरेको छ ।