Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

आपूर्ति बढेसंगै तरकारीको भाउ सस्तियाे

२९ मंगलबार , आश्विन २०८१२ बर्ष अगाडि

आपूर्ति बढेसंगै तरकारीको भाउ सस्तियाे

दसैँका कारण आपूर्ति नहुँदा महँगिएको तरकारीकाे मूल्य बिस्तारै घट्न थालेकाे छ । कालीमाटी होलसेल बजारमा मंगलबारदेखि अधिकांश तरकारीको मूल्य घट्न थालेकाे हाे ।

अहिले कालीमाटी होलसेल बजारमा विभिन्न जिल्लाबाट आपूर्ति हुन थालेसँगै धेरैजसो तरकारी सस्तिएको बताइएकाे छ । कालीमाटी तरकारी तथा फलफूल बजारकाे अनुसार सानो गोलभेँडा, मुला, घिउ सिमी, टाटे सिमी, लौका, परवर, चिचिन्डो, भिण्डी, बरेला, साग लगायत तरकारी भाउ अघिल्लो दिनको तुलनामा घटेको छ । लौका १८, घिरौँला ३१, चिचिन्डो २२, परवर २३, भिण्डी १९, रायो साग १२, तोरीको साग ४१ प्रतिशत सस्तिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

आजकाे मूल्यअनुसार ठूलो गोलभेँडा १५०, सानो गोलभेँडा ८०, रातो आलु १००, भारतीय रातो आलु ६३, प्याज ११०, स्थानीय काउली १२०, रातो मुला ४०, लाम्चो भन्टा ८०, तने बोडी ७०, मटरकोसा २५०, घिउ सिमी ६५, टाटे सिमी ८०, तिते करेला ९०, लौका ५०, परवर ७०, घिरौँला ७०, भिण्डी अधिकतम ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । त्यसैगरि बरेला ११०, रायो साग १८०, पालुगो साग २००, तोरीको साग ९० रुपैयाँ प्रतिकिलो छ ।

त्यस्तै डल्ले च्याउ ३००, कन्य च्याउ १४०, ब्रोकाउली १६० तथा कुरिलो ५५० रुपैयाँ प्रतिकिलो छ । समितिका अनुसार सोमबार कालीमाटी बजारमा सानो गोलभेँडा ३३ हजार, रातो आलु १ लाख २१ हजार, प्याज ३१ हजार, गाजर ७ हजार, स्थानीय काउली १६ हजार केजी भित्रिएको छ ।

अन्य तरकारीमा परवर ११ हजार, लौका १७ हजार, घिरौँला ८ हजार, भिण्डी २५ हजार, स्कुस १४ हजार केजी भित्रिएको छ । यीबाहेक च्याउ, साग, बरेला, मुला, बोडी, मटरकोशा पनि पर्याप्त भित्रिएको समितिले जानकारी दिएकाे छ ।