Advertisement Banner
Advertisement Banner

११ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

कोजाग्रत पूर्णिमामा गण्डकीमा सार्वजनिक बिदा

२९ मंगलबार , आश्विन २०८११० महिना अगाडि

कोजाग्रत पूर्णिमामा गण्डकीमा सार्वजनिक बिदा

बडा दशैँको अन्तिम दिन कात्तिक १ गते कोजाग्रत पूर्णिमामा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एक सूचना जारी गर्दै कोजाग्रस्त पूर्णिमाका दिन प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थान बन्द रहने जानकारी गराएको हाे ।

सूचनामा उल्लेख छ, ‘गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८०/१२/०९ को निर्णयानुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी सूचनाबमोजिम मिति २०८१ कात्तिक १ गते बिहिबार कोजाग्रत पूर्णिमाको अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको व्यहोरा सबैलाई जानकारी गराइन्छ ।’